THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA INDIA AGAINST ITS OWN INDIGENOUS PEOPLES

PalahBiswas On Unique Identity No1.mpg

Monday, February 18, 2013

दार्जीलिङमा सद्भावना कायम राख्न आत्मदाह गर्न तयार छु – युसुफ सिमिक

दार्जीलिङमा सद्भावना कायम राख्न आत्मदाह गर्न तयार छु – युसुफ सिमिक


डी के वाइबा, कालिमन्युज, कालेबुङ, 16 फरवरी। लेप्चा युवा संगठनका सल्लाहकार युसुफ सिमिकले गोर्खाहरु नेपालबाट आएका हुन भन्ने दिएको बयान एक हिन्दी दैनिक समाचारमा प्रकाशित भए पछि गोजमुमो पार्टीले उक्त बयानको जोडदार खण्डन गरेको छ। मोर्चाले उक्त बयानको बिरोधमा यहाँको डम्बर चौकमा पोष्टरिङ समेत गरेको छ भने सिमिक बिरुद्ध कालेबुङ थानामा प्राथमिकी दर्ता पनि गरेको छ। 

यता आज उक्त घटना युसुफ सिमिकले पत्रकार सम्मेलन डाकेर हिन्दी दैनिक समाचार पत्रमा प्रकाशित बयान आफुले नदिएको स्पष्टिकरण दिएका छन। आफुले कहिल्यै गोर्खा बिरोधी बयान नदिएको स्पष्टिकरण दिदै हिन्दी दैनिकमा प्रकाशित समाचारबारे आफुसमेतलाई थाहा नभएकोले यसबारेमा आश्चर्य प्रकट गरे। 

"मैले गोर्खाहरुको बिरुद्धमा कहिलै बयान दिएको छुईन। लाप्चे गोर्खा दाजुभाई हुन। दाजुभाईको सम्बन्धलाई हामीले सधै कायम राख्नुपर्छ। मैले गोर्खा बिरोधी बयान दिएर यहाँको सद्भावना बिगार्ने कार्य कहिल्यै गरेको छुईन। मैले गोर्खा बिरोधी बयान दिनु भनेको आफ्नै आमा बिरोधी बयान दिनु हो। यस्तो गलत कार्य मैले कहिल्यै गरेको छुईन" – युसुफ सिमिकले भने। 

यस समबन्धमा तिनले गलत समाचार प्रकाशित गर्ने सो समाचार पत्रविरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने सोच बनाएको पनि पत्रकारहरुलाई बताए। एउटा निराधार समाचारलाई केन्द्र गरेर गोजमुमो पार्टीले आफु बिरुद्ध गरेको बयान अनि पोष्टरिङ कार्यले आफु आहत बनेको तिनले बताएका छन। 

यदि आफुले गोर्खा बिरोधी बयान दिएर दार्जीलिङ पहाडको सद्भावनालाई बिगार्ने षडयंत्र रचिरहेको आरोप लगाउँछ भने उक्त आरोप लगाउँनेहरुले सो आरोपबारे प्रमाणित गरे अनि कुनै मिति तोकिदिए सो दिनमा आफुले दार्जीलिङको सद्भावनालाई कायम राख्न सार्बजनिक स्थलमा आत्मदाह गरिदिने तिनले बताए। "दार्जीलिङको सद्भावनालाई बिगार्ने षडयन्त्र मैले गरेको छुईन। यदि कसैले बारम्बार आरोप लगाउँछ भने त्यसलाई प्रमाणित गरेर मलाई एउटा निश्चित ठाउँमा बोलाए दार्जीलिङ पहाडको सद्भावनालाई कायम राख्न म आत्मदाह गर्न तयार छु" सिमिकले स्पष्ट भने। 

तिनले कोलकोतामा एलडीसीबारे पत्रकारहरुले सोधेको प्रश्नको उत्तरमा आफू आधिकारिक रुपमा कुराकानी गर्न त्यहाँ पुगेको अनि गृहविभागका अधिकारीहरुसँग कुरा गरेको बयान मात्र दिएको तिनले पत्रकारहरुलाई बताए। यस सम्बन्धमा एउटा हिन्दी दैनिकले भने आफूले भन्दै नभनेको खबर प्रकाशित गरेर आफूलाई समस्यामा पारेको पनि तिनले जनाए।

Courtesy: http://kalimpongonlinenews.blogspot.in

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...